Top Posts

सेनाको संख्या घटाउने कि बढाउने

#RightToRejectin2084   #WeWantRightToRejectin2084 देशमा चालू खर्च चुलिदो छ। चालू खर्च  र वित्तीय व्यवस्थापनको बोझ दिनानुदिन बढ्दा हालै ल्याई...

Thursday, July 25, 2024

सेनाको संख्या घटाउने कि बढाउने

देशमा चालू खर्च चुलिदो छ। चालू खर्च  र वित्तीय व्यवस्थापनको बोझ दिनानुदिन बढ्दा हालै ल्याईएको आ व ०८१/८२ को बजेट पुजिगत खर्चको हिस्सा १९% प्रतिशत भन्दा कम देखिन्छ। समयक्रम सगै विकासका लागि झन् ठुला र महत्वकान्छी योजनाको माग बढीरहदा यस्को स्रओत कहावाट जुटाउने भन्ने समस्या देखीन थालेको छ।  सरकारको अपेक्षीत राजश्व संकलनले चालु खर्च नै मुस्कीलले धान्ने अवश्थामा विकाश वजेटको व्यवस्थापन नै अहिलेको मुख्य चुनौति रहेको छ।

चालु खर्च काम गर्नका लागी अनेको प्रयासहरु गरिएका पनि छन। सरकारले विभीन्न समयमा विभिन्न सरकारी निकायहरु गाभ्ने तथा खारेज गर्ने घोषणा पनि गरेको छ तर तिनको कार्यान्वयन प्रभावकारी रुपमा हुन सकेको छैन।
यस्तै अनेकन प्रयास र चर्चा परिचर्चामा रहेको कुराको सेनाको संख्या। सेनाको संख्या घटाउने बढाउने विषयमा विभिन्न तह तप्कामा छलफल तथा वहस चलिरहेको छन। सेनाको संख्या घटाउने बढाउने  विषयमा दुवै पक्षमा जोडदार आवाजहरु सुनिन्छन।

सेनाको हालको संख्या लगभग ९८००० जना रहेको छ। देशको सुरक्षा संयन्त्रको प्रमुख हिस्सा रहेको नेपाली सेना हाल मुख्य त व्यारेक भित्र नै सिमित रहेको छ र विषेश आपतकालिन तथा अवस्थामा मात्र सेनाको परिचालन हुने गरेको छ। देशको सिमा शुरक्षा र विवाद सधै चुनौतुपुर्ण रहे पनि हालसम्म सिमानामा नेपाली सेनाको परिचालन हुन सकेको छैन। साथै २ ठुला शक्ती महाराष्ट्रसगको सिमा विवादमा हाम्रि जस्तो सानि मुलुकले नेपाली सेना परिचालन भन्दा पनि कुटनितिक पहल नै प्रयास गर्नु पर्दछ।


पछील्लो समय सेनालाई विकास निर्माणका कार्यहरुमा संलग्न गराईएको छ र निकै मुस्किल तथा चुनौतिपुर्ण कार्यहरु नेपाली सेना कुसलता पुर्वक सम्पन्न गरेका उदाहरणहरु प्रसस्तै छन। हाल पनि नेपालको राष्ट्रिय गौरवको आयोजना काठमाडौ-तराई मधेस द्रुत मार्ग नेपाली सेनाले नै निर्माण गरिरहेको छ।

 पछिल्लो समय सरकारको सामाजिक दायित्व बढ्दै गएर राज्यले जनतालाई दिइरहेका आधारभुत सेवा सुविधा समेत कटौति हुने भन्ने सम्मका टिका टिप्पणी सुनिन्छ।  सरकारले प्रशासनिक खर्च कम गर्नाका लागी कार्य क्षेत्र समान रहेका निकायहरु गाभ्नु तथा अनावश्यक ठुलो सार्वजनिक संरचनाहरुला चुस्त दुरुस्त र चलायमान बनाउनुपर्दछ। सोहि अन्त्रगत नेपाली सेनाको पनि प्रमुख कार्य क्षेत्र शान्ती सुरक्षा कायम गर्नु नै हो र सो कार्यका लागी हालको संख्या केही ठुलो नै देखिन्छ। साथै विकास निर्माणको काम नेपाली सेना मार्फत सम्पन्न गर्ने हो भने अन्य विकासे अड्डाहरुको काम के त बन्ने प्रश्न पनि नआउला भन्ने हैन। त्यसैले हाल राज्यले शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको वेलामा अन्य कम प्राथमिकताका क्षेत्रमा लगानी केही कम गर्न सकिन्छ। त्यसैले हालको अर्थतन्त्र सुधार्न सेनाको संख्या कम गरेर शिक्षा स्वास्थ्य जस्ता अति आवश्यक क्षेत्रमा लगानी वढाउन मनासिव नै देखिन्छ।

साथै हाम्रो सुरक्षा संयन्त्र तिन तहमा रहेको छ। नेपाल प्रहरी,  सशस्त्र प्रहरि र नेपाली सेना गरि तिन भिनन निकाय रहेको छ। सशस्त्र प्रहरी बलको अधीकार तथा संगठन संरचना पनि नेपाल प्रहरी र नेपाली सेना बिचको मध्यम मार्गी देखीन्छ। त्यसैले सशस्त्र प्रहरि बललाई नेपाल प्रहरी र नेपाली सेना भित्र नै समाहित गर्न सके पनि राज्यको प्रशासनिक भार संतुलन गर्न सकिन्छ।



No comments:

Post a Comment