Top Posts

सेनाको संख्या घटाउने कि बढाउने

#RightToRejectin2084   #WeWantRightToRejectin2084 देशमा चालू खर्च चुलिदो छ। चालू खर्च  र वित्तीय व्यवस्थापनको बोझ दिनानुदिन बढ्दा हालै ल्याई...

Thursday, August 1, 2024

नेपाल , बिजुली र व्यापार।

जलस्रोतको धनी देश नेपाल, सो बाट उत्पादित विद्युतमा पनि निकै प्रचुर सम्भावना रहेको छ। देशको उत्पादनलाई विदेशमा विक्री भन्दा पनि स्वदेशमै खपत गराउन सके त्यसले देशको आर्थिक पाटोमा थप उल्लेख्य योगदान दिने छ।

नेपाल , बिजुली र व्यापार सम्बन्धी नियामक निकाय र सरकारले जवाफ दिन पर्ने केहि कुराहरुः
 
१. बिजुली खेर गएर बर्बाद बओ भन्न थालेको कति वर्ष भो तर स्वदेशमै खपत बढाउन विद्युत महसुल चै कति घट्यो? 
यो जनतालाई लुट्ने Step Up Tarriff प्रणाली किन अब?  जति विजुली खपत गर्यो उति मगङ्गो, जनताले बुझ्या यस्तो छ, अनि भनेर खपत बढ्छ ?  अब त जति बढि खपत उति सस्तो महसुल बनाउन ढिला भइसकेन?
२. विजुलीको उपयोग बत्ति बाल्ने बाहेक कसले के सिकाछ? भोलि देखी सित्तैमा बिजुली दिएनी हामी अल्छी नेपाली ले २४ घण्टा बत्ती ननीभाउने बाहेक के चै खपत गर्ने उपाय छ अरु?
३. स्वदेशी उत्पादन वेच्न भन्दा यही खपत गरे जिडिपिमा झन् वढी योगदान होला तर पेट्रोलियम पाईपलाईन भटाभट बनाइदिदै छ भारतले, हामी मख्ख तेल थापे भो भनेर। तेल बेच्नलाई नि उसलाई पाईप बिछ्याउनुनै छ, विजुली लानुनै छ।
४.सडकमा बाल्या विजुली नि नगरपालिकासग लडिराछ पैसो तिरेन भनेर, हैन प्राधिकरण नाफामा गएर जनतालाई चै के हुन्छ खासमा?
५. भोलि १००० मेगावाट खेर जान भान्दा आज १०० मेगावट सित्तैमा बाढेर विजुली खर्च गराउने बानी लाउने हो, भनेर खपत हुदैन, नेपालीलाई बानी पा्रन पर्छ।

"धान वेचउ, चिउरा बेसाएर खाऊ" भन्ने निति अनुसार बिजुलि बेच्ने हो, तेल किनेर सरररर मटर कुदाउने, ग्यास दन्काएर हररररर भात पकाएर खाने हो। नेपालमा बत्ति नै किन चाईयो, अल्छि नेपाली हामी सित्तैंमा विजुली दिए दिन भर घरमा बत्ति न ननिभाउला, जानेकै तेत्ति हो, बिजुलीको उपयोग न पुस्तकले सिकायो, न सरकारले, न सम्बन्धित निकायले। बस सबलाई के भुत छ, नेपालमा बिजुली अचाक्ली धेरै भैसक्यि, खेरै गईसक्यो, वर्बाद नै भइसक्यो, बरु छिमेकिलाई २-४ पैसैमा दिएनि पैसो त आउछ।

No comments:

Post a Comment