Top Posts

Nepal, the Land of Mountains, Hills and Terai.

 Welcome to the land of Mountains, Hills and Terai. We will explore more about this land facts, information and news about this amazing land...

नारायण पोखरेलका भजनहरुको संग्रह

वाचन शिरोमणि पं . नारायण प्रसाद पोखरेल चर्चित पुराणवाचक पण्डित थिए।

नारायण पोखरेले विभिन्कान समयमा श्रीमद भागवत वाचन गर्दा गाएका भजनहरुको संग्रह।


श्री गणेशाय नमः

सवै मिली गरौ भजन।।


नजाउ वनमा, नजाउ वनमा

राम सिता लक्ष्मण, नजाउ वनमा।।


शिव शंकर भोला, शिव शंकर भोला

दर्शण दिन के होला, वित्नै लाग्यो बेला।। 


राम नाम जपेर, पार तर्ने हो

जिन्दगीको भर छैन कैले मर्ने हो।।


सधै हाम्लाई हतार, सधै हाम्लाई काम

मर्ने बेला भईसक्यो कैले जप्ने राम।।


 उदाउँदामा ब्रम्हाश्वर, माझमा महेश्वर

अस्ताउदामा स्वयम विष्णु, तिनै दिवाकर।।


नारायण नारायण भज परणी

यो जिवन मरेपछी हुन्छ खरानी।।


हरि भनन हरि भनन

छैनन हरि वनमा, भित्री मनमा।।


आज भन्यो भोलि भन्यो

जिन्दगी यो वित्योनी

हरि भजन कैले नभुल।।


हरि वोल हरि वोल, झुटो माया जानी

दुई दिनको जिन्दगानी, कर्कलाको पानी।।


आउनु भएन कृष्ण, आउनु भएन कृष्ण

गोकुलमा मुरली बजाउनु भएन।।


जय जय सरस्वति जय सावित्रि

जय जय वेद माता, जय गायत्रि।।


छिनाइदेउ मायाको डोरी

लौन प्रभु बचाइदेउ ए हरि।।


ब्रम्ह कमलैमा, ब्रम्ह कमलैमा

विष्णु सुते जलैमा, ब्रम्ह कमलैमा।।


श्याम सुन्दर भगवान गर्छौ पुकार,

दर्शन देऊ हामीलाई  ढिला नगर।।


वाहिर देख्ने आखालाई छेक्यो जालले

जान्न जान्न भन्दा पनि लान्छ कालले।।


जाउँला वैकुण्ठ,जाउँला वैकुण्ठ

नाच्दै गाउँदै बजाउँदै, जाउँला वैकुण्ठ।।




No comments:

Post a Comment

Popular Post